बीरगंज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पोखरीया कमिटीको प्रथम नगर सभा सम्पन भएको छ।माओवादी केन्द्रिय कमिटी सल्लाहकार तथा जगरनाथपुर गाउँपालिका अध्यक्ष जालीम मियाँको प्रमुख आतिथ्य तथा रामदरस कुशवाहा विशिष्ठ अतिथि , रामबाबु बैठाको आतिथ्यमा सम्पन्न भएको कार्यक्रमले ६५ सदसिय कमिटी गठन गरेको छ।
सम्पन भएको प्रथम नगर सभाबाट पन्नालाल प्रसाद कुर्मी सर्व सहमतिबाट अध्यक्ष पदमा चयन हुनु भएको छ । उक्त कार्यक्रममा माओवादीका पारस साह , वाईसिएल पर्सा इन्चार्ज ओमप्रकाश गुप्ता , वाईसिएल पर्सा अध्यक्ष पिन्टु रौनियार लगायत अन्य थुप्रै नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।