वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको दसौँ महाधिवेशनमा पर्सा जिल्लाबाट मधेशी तर्फको निर्विरोध निर्वाचित केन्द्रीय सदस्य राजकुमार गुप्तालाई महमुद अन्सारी को नेतुत्व मा मुर्लि वडा न.१२ टोलि संयुक्त रूपमा सम्मान तथा बधाई दिएको छ ।एमाले महमुद अन्सारी को अध्यक्षतामा भएको कार्यक्रमले केन्द्रीय सदस्यमा निर्वाचित गुप्तालाई बधाई ज्ञापन गर्दै सम्मान गरेको हो । उक्त कार्यक्रम सम्बोधन गर्दै केन्द्रिय सदस्य गुप्ताले १० औं महाधिवेशनले समग्र पर्सा जिल्लालाई मजबुत बनाएकोमा पार्टिका केन्द्रीय अध्यक्ष केपि शर्मा ओलीप्रति आभारसमेत व्यक्त गरेका छन् ।