वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी एमाले पर्साका चार जना नवनिर्वाचित केन्द्रीय सदस्यहरु लाई शनिवार प्रमाणपत्र प्रदान गरिएको छ ।
नेकपा एमालेको चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको आज देखी शुरु भएको दोश्रो पुर्ण बैठकमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ । पर्साबाट निर्वाचित अरवीन्द सिंह , निर्मला देवकोटा , प्रभु हजरा र राजकुमार गुप्ताले प्रमाणपत्र प्राप्त गर्नु भएको छ । अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष हरु , महासचिव लगायत को उपस्थितमा निर्वाचन आयोग का अध्यक्ष विजय सुव्वाले प्रमाणपत्र दिनु भएको थियो।