बीरगंज । नेपाली कांग्रेसको १४ औं राष्ट्रीय महाधिवेशनमा केन्द्रीय कमिटीमा मधेशी कलष्टरबाट सह महामन्त्रीको उम्मेदवार घोषणा गरेका अजय कुमार चौरसिया संस्थापन देउवा पक्षको टिममा नाम अटाउन सकेन ।
संस्थापन पक्ष शेर बहादुर देउवाको टिममा मधेशी कोटाबाट महेन्द्र यादवको नाम टिममा परेको छ । महेन्द्र यादवको नाम सह महामन्त्रीमा राख्ने देउवा पक्षको निर्णय पछि चौरसियाले मधेशी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्। संस्थापन देउवा पक्षको टिममा नै केन्द्रीय सदस्यमा चौरसिया ल उम्मेदवारी दिने छन्।
पूर्व मन्त्री समेत रहेका चौरसिया लगातार दुई पटक देखि केन्द्रिय सदस्यमा हुँदै आएका छन् ।