बीरगंज । नेकपा एमाले बीरगन्ज महानगर कमिटीले नवनिर्वाचित केन्द्रीय सदस्यहरु प्रभु हजरा, निर्मला देवकोटा, राजकुमार गुप्ता र अरवीन्द सिंह लाई सम्मान गरेको छ ।
नेकपा एमाले बीरगन्ज महानगर कमिटी ले दशौ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरु लाई बीरगन्ज वडा न २१ मा शुभकामना तथा सम्मान कार्यक्रम को आयोजना गरेको थियो । माला टिका लगाएर मायाको चिनो दिएर महानगर कमिटी का अध्यक्ष राजेन्द्र प्रसाद यादव ले सम्मान गर्नु भएको थियो ।
सम्मान पछि नवनिर्वाचित केन्द्रीय सदस्यहरुले अगामी दिन मा झन जिम्मेवार भै पार्टी काम मा लाग्ने र अगामी निर्वाचन मा सुर्यध्वजावाहक उम्मेदवार लाई जिताउन लागि पर्ने बताउनु भएको थियो । उपाध्यक्ष महेश दास ले स्वागत मन्तव्य र सुन्दर कुर्मी ले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रम मा नेकपा एमाले का प्रदेश सदस्य वसरुदिन अन्सारी, जिल्ला उपाध्यक्ष विशम्भर शर्मा, प्रेस चौतारी पर्साका संयोजक श्याम बन्जारा को उपस्थिति थियो ।