बीरगंज । नेकपा एमाले बीरगन्ज महानगर कमिटीले बुथ सम्पर्क अभियान सुरु गर्ने निर्णय गरेको छ । दशौ महाधिवेशन को सन्देश , केपी ओली सरकार ले गरेका महत्वपुर्ण राष्ट्रिय कार्य तथा विकास निर्माण को कार्य को जानकारी बुथ स्तर सम्म पुर्याउन र संगठन निर्माण , पार्टी प्रवेश कार्यक्रम गर्न पुस १५ गते देखी २ महिने बुथ सम्पर्क अभियान सुरु गर्ने निर्णय महानगर कमिटी ले गरेको उपाध्यक्ष महेश दास ले जानकारी दिनु भएको छ ।


नेकपा एमाले ले पहिलो अन्तर पार्टी निर्देशन मा दिएको निर्देशन अनुसार बुथ सम्पर्क अभियान मा महानगर को ३२ वटै वडामा अनिवार्य बैठक राखी महाधिवेशनको सन्देश मातहत कमिटी र आम जनसमुदायबीच सम्प्रेषण गर्ने , पुस मसान्तसम्म सबैतहका पार्टी कमिटीहरूलेआ–आफ्नोकार्यक्षेत्र भित्रको पार्टी प्रवेश सम्भावनाको आंकलन गर्ने, प्रवेश गर्ने सम्भावित व्यक्तिहरूकोसूचि तयार गर्ने ,महानगर स्तर एवम् वडा तथा बुथ स्तर मा पार्टी प्रवेश कार्यक्रम गर्ने , वुथ स्तर मा जनवर्गिय संगठन को गठन गर्ने , मतदाता नामावली दर्तामा जनतालाई सहयोग गर्ने र रचनात्मक अतिरिक्त क्रियाकलाप लगायत का कार्य बुथ सम्पर्क अभियान मा गरिने सचिव सुन्दर कुर्मी ले बताउनु भयो । बीरगन्ज महानगर कमिटी को अध्यक्ष राजेन्द्र प्रसाद यादव को अध्यक्षता मा भएको तेश्रो महानगर कमिटी को बैठक मा अगामी कार्ययोजना र बुथ सम्पर्क अभियान कार्यक्रम योजना महानगर कमिटीका उपाध्यक्ष महेश दास ले प्रस्तुत गर्नु भएको थियो ।
महानगर कमिटीको बैठक ले पुस ८ गते पर्साको जगरनाथपुर मा अध्यक्ष केपी शर्मा ओली को प्रमुख आतिथ्य मा हुने बृहत् पार्टी प्रवेश मा व्यापक जन सहभागिता गराउने निर्णय गरेको छ । बैठक मा केन्द्रीय सदस्यहरु प्रभु हजरा, निर्मला देवकोटा, राज कुमार गुप्ता र अरविन्द सिंह को उपस्थिति थियो ।
