

वीरगंज । नेकपा एमाले पर्साको जिल्ला कमिटी बैठक तथा शपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ । पर्सा जिल्ला कमिटीमा मनोनित १८२ जना सदस्यको सथप ग्रहण कार्यक्रम सम्पन्न भएको हो । नेकपा एमाले प्रदेश २ का सहसंयोजक पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पोलिटव्युरो सदस्य अच्युत मैनाली,ज्वाला साह, केन्द्रिय सदस्यहरु राजकुमार गुप्ता, अरविन्द सिंह,निर्मला देवकोटा लगायतकाले धारणा राखेका थिए । पर्सा अध्यक्ष प्रभु हजराको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव मनोज गुप्ताले गरेका थिए । यसैगरी आजै सम्पन्न जिल्ला कमिटीको बैठकले बिभिन्न निर्णयहरु गरेको छ। बैठकले पुस ८ गते प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा जगरनाथपुर गाँएपापलिकामा हुने बिशाल पार्टी प्रवेश कार्यक्रमलाई सफल पार्न बिभिन्न उपसमितीहरु गठन गरेको छ । कार्यक्रमलाई सफल पार्न संबिधान सभाका सदस्य जयप्रकाश थारुको संयोजकत्वमा व्यवस्थापन समिती र जिल्ला सचिव मनोज गुप्ताको संयोजकत्वमा स्यवंसेवक समिती गठन गरिएको छ । बैठकले आउने निर्वाचनको मतपरिणाम एमालेको पक्षमा पार्न टोल टोलमा संगठन बिस्तार पार्टी प्रवेश जस्ता कार्यलाई निरन्तरता दिने निर्णय गरिएको सचिव गुप्ताले जानकारी दिनुभयो । होटल कुमु प्यालेशमा आयोजित कार्यक्रममा जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।