बीरगन्ज / नेकपा एमाले ले शनिवार वडा न १ मा बुथ सम्पर्क अभियान कार्यक्रम सम्पन्न गरेको छ । वडा न १ कमिटीको आयोजना भएको कार्यक्रम मा ८५ जनाले एमाले प्रवेश गरेका छन्।
त्यसै गरी युवा संघ, खेलकुद महासंघ, अनेमसंघ , मुक्ती संघ नेपाल, इत्तेहाद संगठन र शान्ति टोल कमिटी गठन भएको छ । एमाले पर्सा इन्जार्ज तथा जिल्ला अध्यक्ष प्रभु हजरा को प्रमुख आतिथ्य मा भएको कार्यक्रम मा केन्द्रीय सदस्य निर्मला देवकोटा, प्रदेश सदस्य बसरुदिन अन्सारी, शम्भु गुप्ता, महानगर अध्यक्ष राजेन्द्र यादव, उपाध्यक्ष महेश दास, सचिव सुन्दर कुर्मी लगायत ले जनस्तर मा पार्टी संगठन बलियो बनाउन बुथ सम्पर्क अभियान सुरु गरेको बताए । आउन्दो स्थानिय निर्वाचन मा एमाले अत्याधिक वडा मा जित्ने दावी गरेको छ । राकेश चौधरीको अध्यक्षता मा भएको कार्यक्रम मा स्वागत वडा इन्जार्ज हरि शंकर लाल कर्ण र धन्यवाद महानगर सदस्य वीरेन्द्र कण्ठ ले गरेका थिए ।
नेकपा एमाले ले २ महिने बुथ सम्पर्क अभियान बीरगन्ज महानगर का ३२ वटै वडा मा सुरु गरेको छ । यस अभियान अन्तर्गत दशौ महाधिवेशन को सन्देश वडा को जनस्तर मा दिने, वडा को टोल कमिटी गठन गर्ने र जनवर्गिय जन संगठन को वडा कमिटी गठन गर्ने छ ।