

बीरगंज । नेकपा एमालेका पर्सा जिल्ला सचिव तथा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले अब पर्सामा एमालेलाई पहिलो पार्टीको रुपमा स्थापित गर्नको निम्ती कुनै कसर बाँकी नराखी आफूहर योजनाबद्ध रुपमा अघि बढेको धारणा राख्नु भएको छ । एक एफएमको कार्यक्रमा बोल्दै अध्यक्ष गुप्ताले आउँदो दिनमा हुने तीन तहको निर्वाचनमा सबैमा सूर्य चिन्हधारी उम्मेदवारले विजयी प्राप्त गर्ने ठोकुवा समेत उहाँले गर्नुभयो । पार्टीमा प्रवेश गर्नेहरुको लर्को लागिरहेको बताउनु हुँदै गुप्ताले भर्खरै पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पर्सा आउँदा जगरनाथपुरमा भेला भएको जनसहभागिताले साँच्चै नै हरेक व्यक्तिको मनमस्तिकमा अध्यक्ष ओली बास गर्न सफल भएको दृश्य देखिएको बताउनु हुँदै । अब पार्टीले पर्सामा नयाँ गति लिँदै बताउनु हुन्छ। आफ्नो नेतृत्व क्षमताले भ्याएसम्म एमालेलाई अघि बढाउन आफूले कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुहुँदै उहाँले पार्टीको जिल्ला अधिवेशनले क्षमतावान र इमान्दार कार्यकर्ताको मूल्यांकन गरी जिम्मेवारी दिने समेत बताउनु भयो । माथिल्लो कमिटीको निर्देशन अनुरुप अधिवेशन गर्न आन्तरिक तयारी पुरा भइसकेको बताउनु हुँदै सचिव गुप्ताले जनआधारित व्यक्तिहरूलाई जिम्मेवारीमा ल्याउँदा एमाले थप सशक्त बन्ने समेत जिकिर गर्नुभयो ।