बीरगन्ज । नेपाली काग्रेस पर्साको जिल्ला अधिवेशन पुस २७ गते हुने भएको छ । नेपाली काँग्रेस केन्द्रीय कमिटीले जिल्ला अधिवेशन हुन नसकेको १६ जिल्लामा यही पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको छ।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजाल द्वारा जारी गरेको विज्ञप्तिमा जिल्ला अधिवेशन हुन नसकेको प्रदेश २ का ८ जिल्ला , बागमती प्रदेश को चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक , गण्डकीमा प्रदेशको नवलपरासी पूर्व , लुम्बिनी प्रदेश को बाँके , सुदूरपश्चिम प्रदेश को कैलाली र अछाममा २७ गते जिल्ला अधिवेशन हुने जनाएको छ ।