बीरगन्ज । नेपाल कम्युनिस्ट पार्टी एमाले पर्साको अधिवेशन नजिकिदै गर्दा जिल्ला अध्यक्ष पदको चर्चा सुरु भएको छ । आउँदो पुस २३ गते हुने जिल्ला अधिवेशनबाट अध्यक्ष , उपाध्यक्ष , सचिव र सह सचिव सहित जिल्ला समिति गठन हुनेछ । देशभरी जिल्ला अधिवेशनको मिति २३ गते केन्द्रीय समितिले तोके पछि पर्सा जिल्लाको अध्यक्ष बन्न ईच्छुक नेताहरुको दौडधूप पार्टी कार्यकर्ता तथा नेताहरु बिच सुरु भएको छ । वर्तमान अध्यक्ष प्रभु हजरा केन्द्रीय सदस्य र पर्सा जिल्लाको इन्चार्ज हुनु भएकोले अध्यक्षमा अब उहाँको उम्मेदवारी हुन सक्दैन ।
अध्यक्षको दौडमा वर्तमान उपाध्यक्ष डा विशम्भर कुमार शर्मा , सचिव मनोज गुप्ता , संबिधान सभा सदस्यहरु बिचारी यादव, जयप्रकाश थारु र प्रधुम्न चौहान , सुन्दर कुर्मी , प्रदेश सदस्य नवराज शर्मा लगायत हुनु हुन्छ।
हालसम्म नेकपा एमाले पर्साको अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिने बताएका छन् । ८ जान उमेदवारी दिने मध्ये ७ जनाको नाम आइसकेको छ भने १ जनाको नाम आउन बाँकी रहेको छ । स्रोतका अनुसार नाम आएका ७ जना मध्ये नाम आउन बाँकी रहेका उम्मेदवारको नेतासँग र कार्यकर्ता संग राम्रो पकड रहेकोले बलियो उम्मेदवारको रुपमा रहेको बताइन्छ ।
इच्छुक उम्मेदवारहरु अहिले कार्यकर्ता माझ गएर आफ्नो उम्मेदवारी हुने हुन्दा समर्थनको लागि दौडधूप सुरु गरि सकेकाछन् । १० दिन मात्र बाकि रहन्दा पनि अहिले सम्म सार्वजनिक रुपमा वा सामाजिक सन्जालबाट कसैले उम्मेदवारीको घोषणा गरेका छैनन्। यता जिल्ला इन्जार्ज प्रभु हजराले सर्वसम्मत रुपमा नेतृत्व चयन गरीने विश्वास व्यक्त गर्नु भएको छ ।