बीरगंज । नेपाली कांग्रेस पर्साका क्षेत्र नं ३ (ख) को प्रदेश सभा सचिव राकेश कुशवाहाको नेतृत्वमा गएको टोलीले प्रधानध्यापकलाई ज्ञापन पत्र बुझाएको छ ।
पर्साको पकाहामैनपुर गाउँपालिका स्थित रहेको श्री राम चरित्र भगत माध्यमिक विद्यालयका प्रधानध्यापक छोटेलाल साह , केही शिक्षकहरु र गाउँपालिकाको मिलोमतोमा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूको विभिन्न वहानामा परीक्षा शुल्क लिएकोमा नेपाली कांग्रेस पकाहामैनपुर गाउँपालिका कमिटिको ध्यान आकर्षण भएको छ ।
विधालयले विभिन्न बहाना बनाई विद्यार्थी र अभिभावकसंग लिएको रकम फिर्ता गर्न नेपाली कांग्रेस पकाहामैनपुर गाउँपालिका कमिटीले हिजो संयुक्त रूपमा विद्यालयमा गई ज्ञापन पत्र बुझाएको छ ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस पकाहामैनपुर गाउँपालिका वडा नं १ का बुथ सभापति सिन्दु मेहता , वडा नं २ का वीरेन्द्र यादव , वडा नं ३ का लक्षमण पटेल , वडा नं ४ का बैजनाथ चौहान , वडा नं ५ का बलिराम चौरसिया , नेता हरी चौहान , सुरेश मेहता लगायतको उपस्थिति रहेको थियो।