वीरगन्ज । नेकपा एमाले पर्सा को जिल्ला अधिवेशन पुस २७ गते नगर सभा गृह बीरगन्ज मा हुने भएको छ । केन्द्रीय परिपत्र अनुसार पुस २३ गते गर्ने भनिएकोमा आन्तरिक व्यवस्थापन को कारण देखाइ पुस २७ गते सारीएको अध्यक्ष प्रभु हजराले जानकारी दिनु भएको छ । संगठन विभाग को अनुमति ले पुस २७ गते तय भएको हजारा बताउनु हुन्छ । जिल्ला अधिवेशन को लागि पुस १९ र २० गते जिल्ला को सबै वडाहरुमा प्रतिनिधि को चयन गरिने निर्णय भएको उपाध्यक्ष विशम्भर कुमार शर्माले जानकारी दिनु भएको छ । ५० संगठित सदस्यमा १ जना प्रतिनिधि को चयन गरीने छ जसमा १ दलित र १ महिला अनिवार्य हुनु पर्ने निर्णय जिल्ला कमिटी ले गरेको छ भन्नुभयो ।
यसै गरी जिल्ला अधिवेशन सम्पन्न गर्न विशम्भर कुमार शर्माको संयोजकत्व मा मंच, खाध्य, अतिथि सत्कार समिति , मनोज गुप्ता को संयोजकत्व मा सांगठनिक प्रतिवेदन,केसी लामिछानेको संयोजकत्वमा प्रचार प्रसार समिति गोकर्ण पाठक को संयोजकत्व मा प्रतिनिधि व्यवस्थापन समिति र मानदेव हजराको संयोजकत्वमा स्वम सेवक समिति गठन गरेको छ।