वीरगंज । पुस २७गते हुने नेकपा एमाले पर्साको आठौं जिल्ला अधिवेशन सफल पार्न स्वंयसेवक व्यवस्थापन समितीको बैठक आज सम्पन्न भएको छ। समितीका संयोजक मानदेव हजराको अध्यक्षतामा सम्पन्न् भएको बैठकले बिभिन्न निर्णय गरेको छ। बैठकले ८० सदसिय स्वंयसेवक समितिलाई ८ टिममा बिभाजन गरि परिचालन गर्ने निर्णय गरेको छ । बैठकमा स्वंयसेवक व्यवस्थापन समितीका सदस्य रामकिसोर सिंह पराग, महमद निजाम,अकलेश साह, मनोज साह,राजबाबु रौनियार, रवि गुप्ता,भगवान लाल पटेल लगायतको उपस्थिती रहेको थियो ।