वीरगञ्ज : नेपाली काङ्ग्रेस पर्साको अधिवेशन यही पुस २७ गते हुने भएको छ। महाधिवेशनपछि जिल्ला अधिवेशन र नगर अधिवेशन हुने बताइए पनि जिल्ला अधिवेशनको मात्र मिति तय गरिएको छ । जिल्ला अधिवेशनको मिति तय भएपछि जिल्ला सभापति पदको चर्चा सुरु भएको छ । जिल्ला सचिव श्याम पटेलले जिल्ला अधिवेशनको मिति पुस २७ गते तय भएको र नगर अधिवेशनको सोही बखत आउने प्रतिनिधिले तय गर्न सक्ने बताए। उनले अहिले नगर अधिवेशनको मिति तय नभएको जानकारी गराएका छन्।


पर्सा जिल्लाको सभापति बन्न ईच्छुक नेताहरुको दौडधूप नेताहरु बिच सुरु भएको छ । इच्छुक उम्मेदवारहरु अहिले कार्यकर्ता माझ गएर आफ्नो उम्मेदवारी हुने हुन्दा समर्थनको लागि दौडधूप सुरु गरि सकेकाछन् । यसैबीच, जिल्ला अधिवेशनमा पछिल्लो चरणमा जेजस्ता नामहरू चर्चामा आए पनि अन्तिम समयमा दुई पक्षबीच मात्र निर्वाचन हुने सम्भावना बढेको छ । एक पक्षबाट जनार्दनसिंह क्षत्री सभापति पदका उम्मेदवार छन् भने अर्को पक्षबाट श्याम पटेलको उम्मेदवारी छ । जिल्ला सभापति अजयकुमार द्विवेदीले आफू सभापतिको दाबेदार नभएको बताए। द्विवेदी सभापतिको दाबेदार नभएपछि पटेलको नाम आएको हो । नेपाली काङ्ग्रेस पर्सामा १८ सय बढी मतदाता छन्। जिल्ला कार्यसमितिको लागि ६१ वटा पदमा निर्वाचन अथवा सर्वसम्मति हुने बताइएको छ।