बिरगंज । नेकपा एमाले पर्सा जिल्लाको ८ औ जिल्ला अधिबेशनमा पर्सा जिल्ला कमिटिको सह सचिव पदमा महमद नीजामुदिन निजामले आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
बिधार्थी जीवनकाल देखी नै राजनीतिमा लागेका निजामलाई क्रियासील नेताका रुपमा पनी चिनिछ । झण्डै १५ वर्ष भन्दा लामो राजनीतीमा लगेका तथा अनुभव बटुलेका अब जिम्मेवार तहमा पुगेर काम गर्ने आशा पलाएको हुँदा पार्टीलाई अझै सुदृढ र गतिशिल बनाउन जिल्ला अधिवेशनमा सह सचिवको उम्मेदवारी दिने उनले बताएका छन । समग्र पार्टीमा अहिले पुस्तान्तरण र रुपान्तरणको बहस चलीरहेका बेलामा युवाको सहभागीता हुनुपर्ने आवश्यक्ता परेकोले अब भनेर भन्दा पनि गरेर देखाउन र गरेर देखाउनका लागि नै नेकपा एमाले पर्सा जिल्ला कमिटीमा आफू सह सचिवको दाबेदार भएको निजामले बताएका छन् ।


आउँदा दिनमा हुने तिनै तहको निर्बाचनमा पर्सामा एमालेलाई पहिलो शक्ति बनाउने, सबै संगठित सदस्यहरुको अभिलेखीकरण गर्न अलग्गै मोबाइल एप बनाउने,पुराना अगूवा नेताहरुको अनुभव र नयाँ जोस र जँगरको समन्वय गरी अगाडी बढ़ने बताए । पार्टीमा युवा, महिला, आदिवासी जनजाति, पीछडिएका समुदाय, पाका ज्येष्ठ कम्युनिष्ठ नेता कार्याकर्ता, एवं पार्टी एकिकरण तथा समायोजन तर्फका सवैको भावनालाई समेटदै, उचित स्थान र अवसर दिएर पार्टीलाई अगाडि बढाउन आफुसंग कार्यक्रम तथा दृष्टीकोण रहेको नेता उनको दावी छ ।
बिधार्थीकाल देखी राजनीतिमा आएका निजामको राजनीतिक यात्रा
१ २०५९ सालमा युथ फोर्स नगर अध्यक्ष
२ २०७४ सालमा राष्ट्रिय युवा संघ नेपाल पर्साका उपाध्यक्ष
३ २०७७ सालमा राष्ट्रिय युवा संघ नेपाल पर्साको जिल्ला अध्यक्ष
४ २०७८ सालमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य
५ २०७८ सालमा नेकपा एमाले पर्साका जिल्ला कमिटी सदस्य समेत रहेका छन ।