बीरगन्ज ।नेकपा एमाले पर्साको आठौ जिल्ला अधिवेशनको बन्द सत्र अनिश्चित समयको लागि स्थगित भएको छ ।
हिजो मंगलबार साँझ सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रभु हजराले प्रस्तुत गर्नु भएको राजनैतिक प्रतिवेदन , सचिव मनोज गुप्ताले प्रस्तुत गर्नु भएको सांगठनिक प्रतिवेदन र सन्तोष पासवानले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन संशोधन सहित पारीत भएको थियो।
अध्यक्ष मण्डलका अध्यक्ष प्रभु हजराले सहमतिको आधार मा सर्वसम्मतिले पदाधिकारी र सदस्य चयन गर्न अधिकार अध्यक्ष मण्डललाई दिन प्रतिनिधिहरु बिच प्रस्ताव राख्नु भएको थियो । अधिकाशं सहभागीहरुले अध्यक्ष मण्डललाई अधिकार नदिने आन्तरिक निर्वाचनबाट पदाधिकारी र सदस्यहरु चयन गर्नु पर्ने भन्दै अध्यक्ष मण्डलको प्रस्तावको बिरोध गरेका थिए । नेतृत्व चयनको प्रक्रियामा सहमति नभए पछि बन्द सत्र स्थगित भएको छ । अध्यक्ष मण्डलले सर्वसम्मतिले सहमति गर्ने नभए निर्वाचन प्रक्रियामा जाने अध्यक्ष मण्डलको तयारी गरी रहेको बुझिएको छ ।
जिल्ला भरीबाट ७८५ प्रतिनिधि सहभागिता रहेको छ । बन्द सत्र मा प्रदेश इन्चार्ज रघुवीर महासेठ र सह इन्चार्ज सुमन फ्याकुरेलको उपस्थिति रहेको थियो ।मंगलबार महासचिव शंकर पोखरेलले उदधाटन गर्नु भएको थियो ।