वीरगंज,मंसिर ७
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्साको बिन्दवासिनी गाउँपालिका ४ अमरपट्टी बस्ने २६ वर्षीय उमेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ३ गते करिब साढे चार बजेबालिकालाई लाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी अमरपट्टी र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले ठाकुरलाई पक्राउ गरेको हो । पिडित बालिकाको आमाको उजुरीको आधारमा ठाकुरलाई पक्राउ गरिएको छ । ठाकुरले ५ बर्षिय बालकालाई जबरजस्ती करणी गरी घरमा कसैलाई नभन्न धमकाएको पिडितको आमाले बताउईन । उनले छोरीलाई नुहाउने क्रममा उसको शरिरका हालत देखर सोध्दा ठाकुरले जबरजस्ती गरेको बालिकाले बताएको उनकी आमाले जानकारी दिईन । घटनालाई गाँउघरमा मिलाउन नेताहरुले लागेपनि पिडित बालिकाको आमाले नमानेपछि घटना बाहिर सार्वजनिक भएको हो । ठाकुर यस अघि पनि यस्ता घटनामा संग्लन भएको स्थानियको आरोप छ ।