

बीरगंज । नेकपा एमाले पोखरिया नगर कमिटिले आज एक कार्यक्रम आयोजना गरी केन्द्रीय सदस्य तथा पर्सा सहइंचार्ज राजकुमार गुप्तालाई सम्मान गरेको छ । नगर कमिटी पोखरियले आयोजन गरेको नवगठित नगर कमिटिको सपत ग्रहण कार्यक्रममा केन्द्रीय सदस्य गुप्तालाई सम्मान गरेको छ ।केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सहइंचार्ज गुप्तालाई प्रदेश कमिटी सदस्य प्रधूमन चौहान , नगर कमिटी अध्यक्ष बिधाचल ठाकुर लगायतका नेता तथा कार्यकर्ताहरुले गम्छा तथा अबिरका टिका लगाएर सम्मान गरेका छन । नेकपा एमाले पोखरिया नगर कमिटीले दशौ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य गुप्तालाई पोखरिया वाडा नम्बर ४ मा रहेको क्षेत्रिय कार्यालयमा शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।माला टिका लगाएर नगर कमिटीका अध्यक्ष बिधाचल ठाकुरले सम्मान गर्नु भएको थियो ।
सम्मान पछि नवनिर्वाचित केन्द्रीय सदस्य गुप्ताले अगामी दिनमा झन जिम्मेवार भै पार्टी काममा लाग्ने र अगामी निर्वाचनमा सुर्यध्वजावाहक उम्मेदवार लाई जिताउन लागि पर्ने बताउनु भएको थियो । कार्यक्रम संचालन नगर कमिटी सचिव संतोष गिरिले गर्नु भएको थियो । कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य प्रधूमन चौहान , शम्भु गुप्ता ,संजीव मिश्रा , तेजप्रकाश निषाद ,हीरा साह , जिल्ला सचिव तथा छिपहरमाई गाऊपालिका अध्यक्ष मनोज गुप्ता, जगरनाथपुर गाऊपालिका अध्यक्ष ज़ालिम मियाँ, जिल्ला कमिटी सदस्य भगवान कुर्मी , सुनील कुशवाहा , हनीफ़ मियाँ , लक्षमन चौरासिया , रामजी चौहान , राजेश सहनी , बिकाश पाण्डेय , अकलेश साह , राष्ट्रीय युवा संग नेपाल पर्साका अध्यक्ष महमद निजाम , बिरगंज महानगर कमिटी सचिव सुन्दर कर्मी , प्रेस चौतारी नेपाल पर्सा कार्यसमिति सदस्य कृष्णा कुश्वाहा , भगवान पटेल लगायतको सहभागिता रहेको थियो ।