

वीरगंज, मंसिर १३
संबिधान सभा सदस्य एवं नेकपा नेता राजकुमार गुप्ताले आज बिन्दवासनी गाँउपालिक अन्र्तगतका बिभिन्न ठाँउमा नेता कार्यकर्ताहरु भेटघाट गर्नुभएको छ । नेता गुप्ताले अमरपट्टि,मधवल, प्रसौनीभाठा,ईटियाहि,झौवागुठी लगायतको ठाँउमा नेता कार्यकर्ताहरु संग भेटघाट गर्नुभएको हो । सो अवसरमा नेता गुप्ताले जनताको गुनासो बारे सोधपुछ गर्नुको साथै स्थानिय तहमा भईरहेको बिकाश निर्माण बारे चासो व्यक्त गर्नुभएको थियो । नेता गुप्ताले जनताको सेवाको लागि आफु २४ घण्टा तयार रहेको बताउनुभएको थियो । उहाँले नेकपालाई बलियो बनाउन टोल टोलमा संगठन बिस्तार गर्न समेत कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । नेता गुप्ताले राजनितिमा उतार चढाव स्वभाविक भएको बताउदै समस्या आउदैमा हरेश नखान कार्यकर्ताहरुलाई सुझाव दिएका थिए । पार्टी भित्रको अमुक व्यक्तिको षड्यन्त्र असफल भएको र कानुनले न्याय गरेको प्रति स्थानिय नेता कार्यकर्ताहरु समेत उत्साहित देखिएको उहाँसंगै सहभागि जिल्ला कमिटी सदस्य संजिव मिश्राले जानकारी दिनुभयो । सो अवसरमा प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, राष्ट्रिय युवा संघका पर्सा अध्यक्ष महम्द निजाम, वडा अध्यक्ष सागिर मियाँ, नेकपा नेता गम्भिरा साह, धिरज चौरसिया, अकलेश साह,महेश साह रामक्षेत्री यादव, धुरेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो ।