काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय सदस्य आशिफ अहमदले आफ्नो पदका साथै पार्टी तथा संगठनको सम्पूर्ण जिम्मेवारी र साधारण सदस्यताबाट राजीनामा दिएका छन्।
अहमदले संगठनका केन्द्रीय अध्यक्ष दीपक धामीलाई सम्बोधन गर्दै औपचारिक राजीनामा पत्र बुझाएका हुन्। व्यक्तिगत निर्णयका आधारमा नेकपा (एमाले) तथा अनेरास्ववियुसँग सम्बद्ध सबै जिम्मेवारी, पद र साधारण सदस्यताबाट अलग हुने निर्णयमा पुगेको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
विक्रम संवत् २०८३ असोज ८ गतेदेखि नै लागू हुने गरी उनले अनेरास्ववियुको केन्द्रीय सदस्य पद लगायत संगठनभित्रका सम्पूर्ण दायित्वबाट राजीनामा पेस गरेका हुन्। आफ्नो राजीनामा स्वीकृत गरी संगठनात्मक अभिलेखमा आवश्यक प्रक्रिया अघि बढाउन उनले अध्यक्षसमक्ष अनुरोध गरेका छन्।
संगठनमा रहँदा प्राप्त सहयोग, अनुभव तथा अवसरका लागि केन्द्रीय नेतृत्व, सहकर्मी र शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सबैसँग सम्मान र सद्भाव कायम रहने उनले विश्वास व्यक्त गरेका छन्।