काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठकले विभिन्न नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ।
बैठकले प्रदीप यादव, मोहम्मद इस्तियाक राई, डा. अबुल हुसेन र पुष्प श्रेष्ठलगायतका नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको हो।
पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र गतिशील बनाउने उद्देश्यले बसेको बैठकले संगठन विस्तार तथा सुदृढीकरणसँग सम्बन्धित विभिन्न निर्णयसमेत गरेको छ। सोही क्रममा नयाँ नेताहरूलाई केन्द्रीय कमिटीमा समेट्दै पार्टीको केन्द्रीय जिम्मेवारी प्रदान गरिएको हो।
केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका नेताहरूले आगामी दिनमा पार्टीका राजनीतिक तथा सांगठनिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन भूमिका निर्वाह गर्ने एमालेले जनाएको छ।
बैठकका निर्णयसँगै मनोनीत नेताहरूलाई पार्टीको केन्द्रीय नेतृत्वमा औपचारिक जिम्मेवारी प्राप्त भएको छ।