बीरगंज १८ मंसिर : गत कात्तिक ६ गते आफ्नै दलका सत्यका पक्षधरहरुलाई षडयन्त्र गरेर समाप्त पार्ने योजना मुतावबिक रचिएको नौटङ्कीपूर्ण शपथ ग्रहण कार्यक्रममा आयोजकहरुको सनकको सिकार बनेका मुकेश चौरसिया हत्या प्रकरणमा जोर जबरजस्ती फसाइएका हनिफ अन्सारी र देवालाई जिल्ला अदालत पर्साले तारिखमा रिहा गरेको छ ।
संबिधान सभाका सदस्य तथा निर्बाचन क्षेत्र नम्बर ३ का उम्म्ेदवार रहेका नेकपा पर्साका नेता राजकुमार गुप्ताका राजनीतक भबिष्य समाप्त पार्ने रचिएको ताण्डप नृत्य अन्तत षडयन्त्रकारीहरु तिर फर्किएको छ र अव उनीहरु नेकपा पर्साका कार्यकर्ताहरुको बीचमा मुख देखाउनै नसक्ने अवस्थामा पुगेका छन ।
हिजो हनिफ अन्सारी र डेवा सहनि रिहा भएपछि शहरदेखि गाउँसम्म अत्तत सत्यको बिजयीलाई सबै तहका स्थानीयहरुले हर्षोल्लासपूर्ण लिँदै नेता राजकुमार गप्ता नै आफ्नो असली अभिभावक भएको स्पोष्टोक्ती समेत प्रदर्शन भएको छ ।
हनिफ अन्सारी र डेवा सहनी रिहा लगत्तै भएको कार्यक्रममा नेकपा पर्साको संयोजक प्रभु हजरा, नेता गुप्ता, तेजप्रकाश निषाद, बसुरुद्दिन अन्सारी ,रास्ट्रीय युवा संघ नेपाल पर्सा का अध्यक्ष महम्मद निजाम ,अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघ पर्साका अध्यक्ष अकलेश साह लगायत हजारौं नेता कार्यकर्ताहरुको बीचमा भएको खुशियालीको दृष्यले सबै बिरोधीहरुलाई भने एकपटक अरुलाई फसाउन रचिएको साजिस आफैंतिर फर्कन्छ भन्ने सन्देश समेत दिएको छ ।
यस बारेमा नेता गुप्ता भने बिस्तारै मुद्दा लगाइएकाहरुलाई न्यायलयले किनारा लगाउने र घटना घनाउन लागेकाहरु र मुकेशको हत्या गराउन रचिएको षडयन्त्रपूर्ण कार्यक्रमका मतियारलाई समेत जनताले उपयुक्त समयले आफैं सजाएँ दिने समेत बताउनुहुन्छ ।