

वीरगञ्ज । जनता समाजबादी पार्टी (जसपा) नेपालबाट निर्वाचित पकाहामैनपुर गाऊपालिका वडा नम्बर ३ का वडा सदस्य मोटर कमकर लगायत जसपा पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशी नेताहरुलाई केन्द्रिय सदस्य तथा पर्सा सह–ईनर्चाज संविधान सभा सदस्य राजकुमार गुप्ताले अबिर टिका लगाई गम्छा ओढाई पार्टीमा स्वागत गरेका हुन् । पकहाँमैनपुर गाउँपालिका सय भन्दा बढी नेता तथा कार्यकर्ता जसपा परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् । वडा सदस्य कमकरको नेतृत्वमा शुक्रबार एक कार्यक्रमका बिच उनिहरू जसपा परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमालेका पकहाँ मैनपुर गाउँपालिका कमिटी अध्यक्ष अकलेश साह तथा पालिका कमिटीको बिशेष पहलमा नवप्रवेशी जितेन्द्र चौरसिया , राजकारण भगत माली , लालबाबु साह तेली , अनिल कुमार चौरसिया लगायतका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
उक्त कार्यक्रममा अखिल नेपाल पिछडाबर्ग महासंघका केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेका प्रदेश कमिटी सदस्य तेजप्रकाश निसाद , प्रदेश कमिटी सदस्य संजीव मिश्रा , जिल्ला कमिटी सदस्य हनिफ मियाँ , जिल्ला कमिटी सदस्य तथा पालिका कमिटी सचिव राजेश सहनी , वडा नम्बर ३ का वडाइनचार्ज लाजिम दर्जी लगायतको उपस्थिति रहेको थियो ।