पर्सा । गृह मन्त्रालयले पर्सासहित ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा तथा पदस्थापन गरेको छ ।
मन्त्रालयको शुक्रबारको निर्णयनुसार राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) स्तरका ९ जना कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरिएको हो ।
मन्त्रालयको निर्णयअनुसार पर्सा, रामेछाप, दैलेख, महोत्तरी, प्युठान र सिन्धुली जिल्लाका सिडिओहरू फेरिएका छन् । यस्तै, सिन्धुपाल्चोकका सिडिओको भने अध्यागमन विभागमा सरुवा भएको छ ।
कुन जिल्लामा को पुगे ?
