वीरगंज,मंसिर २०
अन्तराष्ट्रिय स्वयं सेवक दिवसको अवसर पारेर भोलिन्टियर्स टिम वीरगंजले आज शंकरचार्य गेट परिसरमा सरसफाई अभियान संचालन गर्नुको साथै बिभिन्न समाजीक संघ सस्थाहरुलाई सम्मानित गरेको छ । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्बाचित हुनेहरु गोपाल केडिया र सुबोध गुप्तालाई फुलको माला र टिका एवं टोपी लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ, ओविसिी पर्सा,क्याट,सानो पाइला, बीरगंज युवा समाज, जिल्ला प्रहरी कार्यालय पर्सा, ग्रिनसिट सामूदायीक प्रहरी, बीरगंज महानगरपालिका लगायतका संघ संस्थाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक गंगा पन्त, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, जसपाका केन्द्रीय नेता राजेशमान सिँह, मुकेश द्धिबेदी, पत्रकार महासंघका प्रदेश उपाध्याक्ष के सी लामिछाने, लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सभापतित्व राजन श्रीवास्तबले गर्नुभएको थियो ।