

वीरगंज, मंसिर २१
बिन्दवासनी गाँउपालिका अन्र्तगतका माध्यमिक तहका बिद्यालयहरु भोलिदेखि संचालन हुने भएको छ । गाँउपालिकामा आज बसेको बैठकले पहिलो चरणमा कक्षा ८ ,९र १० का कक्षाहरु संचालन गरिने गाँउपालिकाका शिक्षा प्रमुख कपिल लामिछानेले जानकारी दिनुभयो । कोरोना भाईरसका कारण ८ महिना देखि बन्द रहेका बिद्यालयहरु भोलिदेखि स्वास्थ्य मापदण्ड पुरा गरेर संचालन गरिने शिक्षा प्रमुख लामिछानेले बताउनुभयो । कोरोना कारण प्रभावित बनेको शिक्षा क्षेत्रलाई उकास्न बिशेष योजना ल्याईने गाँउपालिका प्रमुख श्रीलाल साह कानुले बताउनुभयो । उहाँले बिद्यालय संचालनको लागि आवश्यक स्वास्थय समाग्री गाँउपालिकाले व्यवस्था गरेको समेत जानकारी दिनुभयो ।थर्मलगन, मास्क, सेनेटाईजर लगायतका स्वास्थ्य समाग्री सम्पुर्ण बिद्यालयहरुलाई पठाई सकिएको र भोली देखि पहिलो चरणमा कक्षा ८ ,९ र १० का कक्षाहरु संचालन गरिने जानकारी दिनुभयो । ८ महिना बिद्यालय बन्द हुदा बिद्यार्थीहरुलाई पठन पाठनमा समस्या आएकोले त्यसतर्फ पनि गाँउपालिकाले बिशेष गृहकार्य गरिरहेको गाँउपालिका उपाध्यक्ष किरणदेवी गुप्ताले जानकारी दिनुभयो । उहाँले अतिरिक्त कक्षाको व्यवस्था गरेर भए पनि कोर्स पुरा गरिने बताउनुभयो । गाँउपालिका अन्र्तगत रहेका हसरुल पब्लिक आधारभुत बिद्यालय प्रसौनी भाठा,रारा चौरसिया माध्यमिक बिद्यालय झौवागुठी,राधाकृष्ण चौरसिया माध्यमिक बिद्यालय बहुअर्वाभाठा र नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय गद्रौलमा पठन पाठनको सम्पुर्ण तयारी पुरा भईसकेको र भोलीदेखि पढाई शुरु हुने गाँउपालिकका निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियारले जानकारी दिनुभयो ।उहाँले प्रत्येक स्कुलहरुलाई स्वास्थ्य मापदण्ड अनुसार पठनपाठन संचालन गर्न निर्देशन समेत दिइएको छ । उहाले प्रत्यके बिद्यार्थीहरुलाई मास्क अनिवार्य गरिएको र थर्मलगनले तापक्रम नापेर मात्र कक्षाकोठामा प्रवेशको व्यवस्था गरिएको जानकारी दिनुभयो ।