वीरगंज । पर्साको पोखरिया नगरपालिकामा नेकपा एमालेको नगर स्तरीय बैठक सम्पन्न भएको छ । नगर अध्यक्ष बिधाचल ठाकुरको अध्यक्षता एवं केन्द्रीय सदस्य , पर्सा जिल्ला सह इंचार्ज तथा संबिधान सभाका सदस्य राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी गुप्ताले भागबण्डाको आधारमा बनेको सरकारबाट नेपाली जनताले सुख नपाउने दावी गर्नुभयो । उहाँले ओली सरकारलाई ढाल्न अदालतको गलत प्रयोग गरिएको बताउदै आउने निर्वाचनमा नेपाली जनताले यसको हिसाव लिने समेत बताउनुभयो । वडा नम्बर ४ पोखरियामा आयोजित भेलामा प्रदेश कमिटी सदस्य प्रधूमन चौहान , संजीव मिश्रा ,जिल्ला कमिटी सदस्य सुनील कुशवाहा , लक्ष्मीना कुशवाहा ,भगवान कुर्मी , राधा साह कानु , रामेश्वर चौहान , सुरेश पासवान , राष्ट्रीय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष मोहमद निजाम ,नगर कमिटी अध्यक्ष बिधाचल ठाकुर , नगर कमिटी सचिव संतोष गिरी , सहसचिव मुस्तुफा आलम लगायतकाले उपस्तिथि रहेको थियो।