बिरगंज । नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओली चैतको ८ गते बीरगंज आउने पक्का भएको छ । अध्यक्ष ओली निवास बालकोटमा नेकपा एमालेका पर्साका नेताहरुकोसंगको छलफल पछि पार्टी अध्यक्ष ओली बीरगंज आउने मिति तय भएको हो ।
यस भन्दा अघि फाल्गुण १४ गते २६ गते र चैत्र ६ गते बीरगंज आउने बिषयमा चर्चा परिचर्चा चलेपनि अध्यक्ष ओली अव चैतको ८ गते बीरगंज आउने कुरा तय भएको नेकपा एमाले पर्साका अध्यक्ष एवं इन्चार्ज प्रभू हजराले जानकारी दिनु भयो ।
८ गते सीमरा बिमान स्थलमा पार्टी अध्यक्षे ओलीको अवतरणसंगै बीरगंजको यात्रा शुरु हुनेछ । नेकपा एमालेले आफना अध्यक्षलाई हजारौ मोटरसाइकलले स्कटिर्ङ गरेर बीरगंज ल्याउने तयारी गरेको छ । बीरगंजको बि.पी.उद्यानको लालबंगलामा आयोजना हुने खुला सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सोही कार्यक्रममा लोसपमाबाट अलग भएका मधेश आन्दोलनका एक जना कमाण्डर राजेमान सिंहको पहिला नै एमालेमा प्रबेश गरी सकेका छन भने उनी निकट रहेका सैयौं नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्ने छन भने पर्सा सहइन्चार्ज राजकुमार गुप्ताले बताए । मधेश आन्दोलनको इपिसेन्टरको रुपमा रहेको बीरगंजमा के.पी.आली नै आन्दोलनको निशानमा हुनुहुनथ्यो । पछिल्लो मधेश आन्दोलनको पाँच वर्ष पछि मधेशमा नेकपा एमालेका अध्यक्ष के.पी.ओली प्रतिको बिकर्षण समाप्त भई आकर्षण बढीरहेको छ दिनप्रति दिन अन्य पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरुले एमालेमा प्रबेश गरीरहेका छन ।
राजनीतिमा अडानयुक्त नेताको छवी बनेको छ र मधेशका जनताले त्यसलाई मन पराउदै नेकपा एमालेसंग जोडिने प्रक्रिया शुरु भएको छ । नेकपा एमालेका अध्यक्ष के.पी.ओलीको बीरगंज आगमनले एमालेजनमा उत्साह संचार गर्ने र पर्सालाई एमालेमय बनाउने अभियानमा उर्जा मिल्ने बिश्वास जागृत हुने सहइन्चार्ज निर्मला देवकोटले बताइन ।