बिरगंज । नेकपा एमाले पार्टीमा अहिले देशव्यापी रुपमा विभिन्न पार्टी परित्याग गरेर प्रवेश गर्नेहरुको लहर नै चलेको छ ।
.jpeg)
दिनंहु एमालेको केन्द्र देखि जिल्ला सम्म पार्टी प्रवेश गराउनमा नेताहरु व्यस्त नै छन । बुधबार वीरगन्जमा आयोजित एक कार्यक्रममा बिच २ सय भन्दा बढि जनाले नेकपा एमालेमा प्रवेश गरेका छन । वीरगन्ज महानगरपालिका १७ अलौका युवा नेता सन्जु छतकुलीको अगुवाईमा २ सय भन्दा बढि जनाले एमालेमा प्रवेश गरेका हुन ।
.jpeg)
गत २०७४ सालको स्थानीय निर्वाचनमा जसपाबाट वीरगन्ज महानगरपालिका १७ का वडा अध्यक्षमा चुनाव लडेका छतकुली एमाले रोजेका हुन ।
पार्टी प्रवेश गर्दै नेता छतकुलीले एमाले जिताउनका लागी आफुहरुले सहयोग गर्ने विश्वास दिलाए । उनले पार्टीले योग्य ठानेर वडाअध्यक्षमा टिकट दिए लड्ने घोषणा गरे । होटेल रोयल पार्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, राजकुमार गुप्ता, नेताहरु विचारी यादव, विशम्भर शर्मा, बसरुदिन , राजेशमान सिंह, मुकेश द्विवेदी, अनुप तिवारी, संजीव मिश्रा, श्याम बन्जारा लगायतकाहरुको सहभागीता रहेको थियो ।