

बीरगंज । नेपाल कम्युनिस्ट पार्टी एमालको नगर स्तरीय कार्यकर्ता तथा कार्यक्रम आज बहुदरमाई नगरपालिका वडा नं २ पिपरा टोलमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज प्रभु हजरा, विशिष्ट अतिथि केन्द्रीय सदस्य राजकुमार गुप्ता, निर्मला देवकोटा, प्रदेश कमिटि सदस्य जयप्रकाश थारु, विचारी यादव, शम्भु गुप्ता, संजीव मिश्रा, जिल्ला उपाध्यक्ष डा विश्वम्भर शर्मा, महानगर कमिटी सचिव सुन्दर कुर्मी, नेकपा एमाले नेता तथा जगरनाथपुर गा. पा. अध्यक्ष जलिम मियाँ लगायत हजारौं नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
बहुदरमाई नगरपालिका रामनगरीका पूर्व शिक्षक मुखदेव साह कानु नेपाली कांग्रेस पार्टी परित्याग गरी सयौ कार्यकर्ता सँगै आजै नेकपा एमाले मा प्रवेश गरेका छन्। पार्टी प्रवेश गरेका कार्यकर्ताहरुलाई विशिष्ठ अतिथि राजकुमार गुप्ताले टिका र गामछा ओढाई सम्मान गरेका थिए।
कार्यक्रममा नेता शिव पटेलले"गत चार महिना देखि नेकपा एमाले पार्टी सँग मेरे दिल जुडी सकेको"कुरा आफ्नो सम्बोधन मा बताउनु भएको थियो। बिगत ३० वर्ष देखि मधेशी पार्टी मा आबद्ध नेता शिव पटेल आजै देखि नेकपा एमाले मा प्रवेश गरेको प्रतिवद्धता जाहेर गर्नु भएको छ।
कार्यक्रममा स्वागत मन्तव्य पुरन पटेलले राखेका थिए भन्ने बहुदरमाई नगर कमिटी का अध्यक्ष प्रमोद कुशवाहा को अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो।