वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल आज नेकपा एमालेमा प्रवेश गरेका छन । काठमाडौंमा आज एक बिशेष कार्यक्रमका बिच पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट टिका लगाई पार्टी प्रवेश गरेका हुन । सो अवसरमा एमालेका केन्द्रिय सदस्य एवं संबिधान सभा सदस्य राजकुमार गुप्ता,प्रदेश कमिटी सदस्य बसरुदिन अंसारी, नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव श्याम बन्जारा, वीरगंजका मेयर बिजय सरावगी लगायतको उपस्थिती रहेको थियो । आजै पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रमबीच सिंहले पार्टीलाई एमालेमा समाहित गराएका हुन् ।सोही कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, , माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव रामेछापका नाम्गेल शेर्पा लगायत एमाले प्रवेश गरेका छन् ।