वीरगंज । पर्सा जिल्लामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रलाइ ठुलो झटका लागेको छ ।माओवादी केन्द्र वीरगंज महानगर इन्चार्ज बाबुराम कौसिकको नेतृत्वमा माओवादी केन्द्र निकट YCL का पर्सा जिल्ला अध्यक्ष पिन्टु रौनियार सहित २२ जना आज नेकपा एमालेमा प्रवेश गरेका छन ।काठमाडौंमा आज एक बिशेष कार्यक्रमका बिच पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट टिका लगाई पार्टी प्रवेश गरेका हुन । प्रवेश गर्नेमा YCL केन्द्रीय सदस्य ओमप्रकाश गुप्ता,चन्दन रौनियार,नवल प्रसाद कलवार,बिजय कलवार,रोबिन सिंह यादव लगायतका युवाहरुले पार्टी प्रवेश गरेका हुन्।