वीरगंज । पकाहामैनपुर गाँउपालिकामा आज नेकपा एमालेको बैठक सम्पन्न भएको छ । पालिका अध्यक्ष अकलेश साहको अध्यक्षता एवं ओविसीका केन्द्रिय अध्यक्ष तेजप्रकाश निषादको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकले पार्टी प्रवेश तथा आम सभा गर्ने, गाँउपालिकाबाट आय व्यय माँग गर्ने र उम्मेदवारको नाम घोषणा गर्ने निर्णय गरेको अध्यक्ष साहले जानकारी दिए । बैठकमा उपाध्यक्ष कृष्णा कुशवाहा, सचिव तथा गाऊपालिका अध्यक्षको उम्मेदवार राजेश सहनी, उप सचिव रामरुप प्र कुर्मि, उप सचिव मनोज चौरसिया, वडा ईनचार्ज लाजिम मिया दर्जि, वर्डा न ५का वडा कमिटी अध्यक्ष रामबाबु प्र चौरसिया, वार्ड न ४का अध्यक्ष धामु शर्मा, वर्डा न ३ का अध्यक्ष मोटर कमकर ,नेता बिरेन्द्र पटेल रामबाबु चौरसिया, लगायतको उपस्थिती रहेको ।