वीरगन्ज २९ मंसिर : नेपाली कांगे्रसले आज देशभर बिरोध प्रर्दशन गरिरहेको छ । देशब्यापी बिरोध कार्यक्रम गरिरहेको काँग्रेसल पर्साको बीरगन्जमा पनि विरोध रयाली निकालेको छ। जिल्ला सभापति अजय दुबेढीको नेतृत्वमा बीरगन्जको घन्टाघरबाट विरोध रयाली शुरु गरि नगर परिक्रमा गदै पुनः घन्टाघरमा आई कोणसभामा परिणत भएको छ। सरकारले आफ्न बरिस्ट नेता रामचन्द पौडेललाई प्रहरीले पक्राउ गरेको भन्दै आज देशब्यापी विरोध कार्यक्रम आयोजना गरेको हो । विरोध कार्यक्रममा नेता सुरेन्द्र चौधरी , पुर्वसांसद अनिल रुङटा लगायतले सरकार भ्रष्टाचार र बलात्कार जस्ता कान्डै कान्डमा फसेको आरोप लगाएका छन । विरोध रयालीमा नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।