बिन्दबासिनी । नेकपा एमालेले बिन्दबासिनी गाऊपालिकाको वडा न १ मा टोल कमिटी गठन गरेको छ । बिन्दबासिनी गाऊँपालिकको वडा न १ का वडा अध्यक्ष सागिर मियाँको अध्यक्षता भएको कार्यक्रममा बिन्दबासिनी गाऊँपालिकाको हरिनगर र बिश्रामपुर टोल कमिटी गठन गरेको छ ।
हरिनगरमा भएको भेलाले राजेन्द्र रामको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा फूलमति देवी , कोषाध्यक्षमा सुकूनतला देवी , सचिवमा बिजय राम छन ।
त्यसतै बिश्रामपुरमा भएको भेलाले कवल महतो कोईरीको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटी गठन गरेको छ । नवगठित टोल कमिटीको उपाध्यक्षमा दीनानाथ महतो कोईरी , सचिवमा मोहन साह , सहसचिवमा चन्दन कुशवाहा , जितेश रहेका छन ।
उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा पर्सा सहइनचार्ज राजकुमार गुप्ता , लक्ष्मण चौरसिया , हनीफ़ मियाँ , गमिरा साह लगायतको सहभागिता रहेको थियो ।