वीरगन्ज २ पुष : नेपाली कांग्रेसको बिन्दवासिनी गाउँपालिका संयोजकमा विवेक कुमार चौरसिया चयन भएका छन् । नेपाल तरुण दल पर्साका सचिव समेत रहेका चौरसिया नेपाली कांग्रेस बिन्दबासिनी गाउँपालिकाको वडा नं. २ भहुर्वाभाट्ठाको सभापति एवम् गाउँपालिका संयोजकमा चयन हुनु भएको हो । बिन्दवासिनी गाउँपालिकाको युवा नेताको रुपका चिरपरिचित रहेको चौरसिया अगामी निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार हुुन सक्ने चर्चा हुन थालेको छ । चौरसियाले गाउँपालिकामा राम्रो छबिका नेपाली कांग्रेसको युवा नेताको रुपमा चिनिन्छ । नेपाल तरुण दल पर्साका सचिव समेत रहेका चौरसियालाइ आज एक कार्यक्रमको विच थप जिमवारी दिएको छ । नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले एक पत्रमार्फत चौरसियालाई पार्टीको विन्दवासिनी गाउँपालिका वडा नं. २ भहुर्वाभाट्ठाको सभापति एवम् गाउँपालिका संयोजकमा चयन गरिएको घोषना गर्नु भएको छ ।