पोखरिया - नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा पर्सा जिल्लाको पोखरिया नगरपालिकाबाट दीपनारायण रौनियारलाई मेयर तर्फको उम्मेदवार बनाउने भएको छ ।
नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरीको पहलमा कांग्रेसमा प्रवेश गरेका रौनियार मेयरमा चुनाव लड्ने पक्का भएको छ । यस्तै उपमेयरका लागी महिला तर्फ कसलाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छैन ।
गत निर्वाचनमा नेपाली जनता दलबाट ३ हजार २५ मत प्राप्त गरेर नगरप्रमुखमा निर्वाचित भएका रौनियार अब नेपाली काङ्ग्रेसबाट पुनः मेयरमै निर्वाचनमा होमिने तयारी गरीरहेका छन् ।