

वीरगंज ।पर्साको जगरनाथपुर गाँउपालिकाको प्रसौनीमा एमालेको पार्टी प्रवेश तथा कार्यकर्ता भेला सम्पन्न भएको छ । संविधान सभाको सदस्य एवम एमालेको केन्द्रिय सदस्य राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ५०० सय नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । कार्यक्रममा पार्टीका पर्सा अध्यक्ष जयप्रकाश थारु, सचिव मनोज गुप्ता, गाँउपालिका प्रमुख जालिम मिया ,नेताहरु शिव पटेल,मुसामिल मियाँ,पत्रकार श्याम बन्जरा,वडा अध्यक्ष अयोद्यया पटेल रबि गुप्ता, हनिफ मिया लगायतको नेताहरु सहभागिता थियो । समारोहमा प्रमुख अतिथि एमालेका नेता राजकुमार गुप्ताले आगामी एमालेको उम्मेदवार लाई जिताउनु पर्ने कारणको बारेमा सविस्तार धारणा राख्नु भएको थियो ।आफैले बोले कुरा आफैले बुझ्न नसकिने प्रधानमन्त्रीसंग देश कसरी चल्छ भने सोच्नु पर्ने कुरा भएको बताउनु भयो । २३ वर्ष देश चलाएर नेपाली काँग्रेसले आफ्नो घरबार बाहेक अरू कसैको लागि केही नगरेको नेता गुप्ताले बताउनु भयो । नेकपा एमालले जेष्ठ नागरिकहरुका लागि वृद्ध भता ल्यायो , युवाहरुको लागि युवा स्वरोजगार योजना ल्यायो , गरीब विप्पन परिवारका लागि जनता आवास कार्यक्रम चलायो यस्ता धेरै काम गरेको पार्टी हो नेकपा एमाले बताउनु भयो ।
परमादेसी सरकारको यत्रो दिन पूरा भयो तर ईन्धनको मूल्य बढ़ाऊँनुको साथै अहिले सम्म सरकार कुनै काम नगरेको सरकार चलाउँला यस्तो सरकारसँग जनताको भलो नहुने भएकोले आउँदो निर्वाचनमा नेकपामै नेपाल बनाउन आग्रह गर्नु भयो । उहाँले मतपत्र च्यात्ने, बति निभाएर निर्वाचन जित्ने युग समाप्त भएको बताउदै जनताको काम गर्न नेतालाई आग्रह गर्नुभयो । ३८ महिनामा ओलीले गरेका राष्ट्रिय गौरवका आयोजना, मधेशको लाईफलाईन हुलाकी सडक निर्माण लगायत बिकाश निर्माणबारे चर्चा गर्नुभएको थियो ।