बिरगंज । जसपाले वीरगञ्जमा कार्यकर्ता भेटघाट र पार्टी प्रवेश कार्यक्रम गरीरहेको छ । शनिवार मात्रै वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाहरुमा पार्टी प्रवेश तथा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ५, ६, १०, १४, २५ लगायतका वडाहरुमा विभिन्न कार्यक्रम गरिएको छ । वडा नम्बर १०, १४ र २५ मा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा सयौँले विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन् ।
कार्यक्रमहरुमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव, प्रदेश सभा सदस्य करिमा बेगम, युवा नेता राजेशमान सिँह लगायतका नेताहरुले सम्बोधन गरीरहेका छन् । सम्बोधनका क्रममा वक्ताहरुले मधेशको समृद्धी जसपाबाहेक अरु कसैले गर्न नसक्ने दावी गरीरहेका छन् ।