नेकपा एमाले ठोरीले वडा नं. २ मा पार्टी कार्यालयको आज उद्घाटन गरेको छ । जिल्लाका पार्टी अध्यक्ष तथा संविधान सभा सदस्य जय प्रकाश थारुले रिवन काटेर कार्यालयको आज उद्घाटन गर्नुभएको हो ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र वार्ड न. २ को फारलाईनमा माओवादी पार्टी परित्याग गरि ३१ परिवारका ६६ जना एमाले प्रवेश गरेको एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठले बताउनु भयो । प्रवेश गर्ने सबैलाई प्रमुख अतिथी जिल्ला अध्यक्ष जय प्रकाश थारुले टीका र खादा लगाइ पार्टीमा स्वागत गर्नुभएको थियो ।
नेकपा माओवादी केन्द्र वार्ड न. २ का प्रेम ठोकर र अगुवा राजु घलान को नेतृत्वमा उक्त टोल एमाले प्रबेश गरेको एमाले ठोरीको दाबी छ ।
एमाले वडा नं. २ का वार्ड कमिटी अध्यक्ष नर बहादुर छेत्री को अध्यक्षतामा सम्पन कार्यक्रममा ठाकुर प्रसाद नेउपाने,लाल बहादुर श्रेष्ठ ,गोकुली रेग्मी,खगेन्द्र श्रेष्ठ ,गोबिन्द प्रताप श्रेष्ठ ,खडक श्रेष्ठ को सहभागी रहेको थियो ।
यसैबीच ठोरी ३ मा पनि एमालेले आज पार्टी कार्यालय स्थापना गरेको छ । पार्टीका नेता कार्यकर्ता को उपस्थितिमा कार्यालय उद्घाटन गरेको एमाले ठोरीले जनाएको छ ।