वीरगञ्ज । यही चैत २९ गते वीरगञ्जमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बृहत आम सभा गर्ने भएको छ ।
राप्रपा पर्साले आइतवार नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलनको आयोजना गर्दै आम सभा हुने जानकारी गराएको हो ।
वीरगञ्जको घण्टाघरस्थित बीपी उद्यान पार्कमा स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै आमसभाको आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
आमसभालाई सम्बोधन गर्न पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङदेनसहित केन्द्रीय स्तरका नेता वीरगञ्ज आउने राप्रपा पर्साका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले जानकारी दिए ।
अध्यक्ष लिङदेनसँगै राप्रपाका नेता पशुपतिशमशेर जबरा, भुवन पाठक, विक्रम पाण्डेलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको उपाध्यायले बताए ।