बिरगंज । पर्साको पकाहामैनपुर गाऊपालिकाको वडा न.४ लहावरथकरीमा आज नेकपा एमालेको बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले वडा कमिटी अध्यक्ष धामु शर्माको सभापतित्वमा तथा नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा सहइन्चार्ज राजकुमार गुप्ताको प्रमुख आतिथ्यतामा , एवम नेकपा एमालेका गाऊँपालिका कमिटी लगायतको उपस्थिति भएको सम्पन्न कार्यक्रममा २ वडा सदस्य सहित २५० जनाले काङ्ग्रेस र जसपा पार्टी पार्टी परित्याग गरी गाऊँपालिकको उपमेयर प्रत्यासी उम्मेदवार चौरसिया तथा वडा प्रत्यासी धामु शर्माको नेतृत्वमा नेकपा एमालेमा पार्टीमा प्रवेश गरेका छन ।
नेकपा एमाले पार्टी पकाहा मैनपुर गाऊपालिका अध्यक्ष पदका प्रत्यासी तथा पालिका सचिव एवम पार्टी प्रवेश कार्यक्रमको संयोजन राजेश सहनीको विशेष पहलमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो । विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका सम्पूर्णलाई अबिर लगाई स्वागत गरिएको थियो । पार्टी प्रवेश गरेका सम्पूर्णलाई जिल्ला केन्द्रीय सदस्य गुप्ताले राजनीतिकको सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो।