वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरामा नेकपा एमाले निकट मजदुर विशेष भेला सम्पन्न भएको छ ।
मधेश प्रदेश सदस्य एवम् समग्र उद्योग ट्रेड युनियन नेपाल व्हिन अध्यक्ष आनन्द थामीको अध्यक्षतामा सप्पन्न भेलालाई सम्बोधन गर्दै नेकपा पोलिटब्युरो सदस्य एवम जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नेकपा एमालेको हरेक आन्दोलनमा श्रमिकहरुको बलियो उपस्थित रहेको स्मरण गरे ।
राज्यको निकायमा मजदुर आन्दोलनको सुरुवातीदिनदेखि अहिलेसम्म पार्टीको कुनै पनि आन्दोलनमा इमान्दारीताका साथ लाग्ने सच्चा बफादार श्रमिक नै भएको श्रेष्ठको भनाई छ । श्रमिकको हक र अधिकारको लागि पार्टीले श्रमिक बर्गलाई समेट्न पर्नेमा उनले जोड दिएका छन् । राज्यको संरचनामा श्रमिकहरुको कम्तीमा पनि १०% प्रतिनिधित्व भए मात्रै गरिव दुखी र श्रमजीवी बर्गका माग सम्बोधन हुने उनको विश्वास छ ।
नेकपा एमाले पोलिटब्युरो सदस्य एवम मधेश प्रदेश सह–इन्चाज ज्वाला साहले श्रमजीवी वर्गको अधिकारका लागि सदैव सोच्ने पार्टी नेकपा एमाले मात्रै भएको दावी गरिन् । बारा पर्सा औद्योगिक करिडोर भएका कारण पनि यस क्षेत्रमा श्रम शक्तिको ठूलो पहुँच रहेको बताउँदै सिँहले श्रमजीवी वर्गको लागि सधै आवाज उठाउने बताइन् ।
कार्यक्रममा पुर्व जिल्ला कमिटी सदस्य एवम् जिफ्न्ट जितपुर सिमरा उपमहानगरपालिका पुर्व अध्यक्ष तारक चिमोरियालाई आफ्नै घरमा फर्किएको भन्दै खादा ओढाएर स्वागत गरिएको थियो ।
भेलामा केन्द्रीय सदस्य सरस्वती चौधरी, मन्जु थापा मगर प्रदेश सदस्य देबनारायण चौधरी, दिनेश्वर ठाकुर, अमर यादव, अमृत शर्मा बजगाई, मनोज पौडेल, काशिम हुसैन, जिफन्ट प्रदेश अध्यक्ष कमलेश झा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण हेमराज न्यौपानेले गरेको समग्र उद्योग ट्रेड युनियन नेपाल शिक्षा सचिव गीता भण्डारीले जानकारी दिइन् ।