पर्साको पोखरिया नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निर्वाचित वडा अध्यक्षले एमालेमा प्रवेश गरेका छन् ।
पोखरिया-७ रानीगञ्जका निर्वाचित वडा अध्यक्ष नन्दलाल पटेल वडा समितिका सम्पूर्ण सदस्यसहित एमालेमा प्रवेश गरेका हुन् ।
पोखरीयामा आज आयोजित एक कार्यक्रम बीच पटेलसहित वडा सदस्य रामअयोध्या पटेल, रैसुदिन मियाँ अन्सारी, कार्यपालिका सदस्य मैनागा देवी, सुगन्धी देवीलगायतले जसपा परित्याग गरि एमाले प्रवेश गरेका थिए ।
नव प्रवेशीलाई एमालेका केन्द्रीय सदस्य एवम् पर्साका सह इन्चार्ज राजकुमार गुप्ताले फुलमाला लगाई स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै संविधानसभा सदस्यसमेत रहेका गुत्पाले पोखरीयाको विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताए ।
कार्यक्रममा संबिधानसभाका सदस्य प्रद्युमन चौहान लगायत नेताहरुको सहभागिता रहेको थियो ।