

बिरगंज । पर्सामा आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि चुनावी अभियानलाई तिब्रता दिईएको छ ।नेपाल कम्यूनिष्ट पार्टी एमाले पर्साले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनाव प्रचार प्रसार कमिटी गठन गरेको छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर लगायतका उम्मेदवारलाई विजयी बनाउनका लागि क्षेत्रस्तरीय चुनावी अभियानको सुरुवात गर्दै प्रचार प्रसार कमिटीको गठन गरिएको संबिधान सभा सदस्य ,नेकपा एमाले केन्द्रीय सदस्य एवम पर्सा जिल्ला सह इनचार्ज राजकुमार गुप्ताले जानकारी दिएका छन् । चुनाव प्रचार प्रसारका लागी बिरगंज महानगरमा संयोजकमा केन्द्रीय सदस्य एवम सह इनचार्ज अरबिंद सिंह , सचिवमा महानगर कमिटी अध्यक्ष राजेन्द्र यादव , २ नम्बर क्षेत्रका लागी केन्द्रीय सदस्य एवम सह इनचार्ज निर्मला देवकोटा , ३ नम्बर क्षेत्रका लागी केन्द्रीय सदस्य एवम सह इनचार्ज राजकुमार गुप्ता , ४ नम्बर क्षेत्रका जिल्ला अध्यक्ष जयप्रकाश थारु लगायत प्रदेश कमिटी सदस्य , जिल्ला कमिटी पदाधिकारी , सदस्य , भातृ संघठनका केन्द्रीय सदस्य एवम अध्यक्ष निर्वाचित मेयर , उपमेयर , प्रमुख उपप्रमुख , वडा अध्यक्ष सहितका रहेका छन् । सो क्रममा नेता गुप्ताले कार्यकर्ताहरुलाई चुनावी प्रचार प्रसारबारे प्रशिक्षण समेत दिएका थिए ।