

वीरगंज । नेकपा एमाले वीरगंज महानगरको निर्वाचन परिचालन कमिटीको बैठक आज सम्पन्न भएको छ । कमिटिका संयोजक अरबिन्द सिंहको अध्यक्षता एवं पर्सा ईन्र्चाज प्रभु हजराको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । टाउन हलमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी हजराले एमालेमा अराजक र भ्रष्ट व्यक्तिको लागि ठाँउ नभएको बताएका थिए । केन्द्रिय सदस्य समेत रहेका हजराले बैशाख ३० मा हुने निर्वाचनमा एमालले जसरी पनि जित्नुपर्ने धारणा राख्नुभयो । उहाँले संगठन बिस्तार ,पार्टी प्रवेश जस्ता कार्यलाई तिव्रता दिन पनि स्थानिय नेताहरुलाई निर्देशन दिनुभयो । यसैगरी मेयर पदका उम्मेदवार बिजय सरावगीले राजनितिको आडमा गुण्डागर्दी गर्नेहरु मेयरको लागि उम्मेदवारी दिन लागेको भन्दै त्यस्ता व्यक्तबाट सजग हुन आग्रह गर्नुभयो । बिगतमा गुण्डागर्दी,भ्रष्टाचारी गर्ने अराजनितिक व्यक्तिहरु झुठा आस्वासन बाड्दै जनतालाई भ्रमित पारिरहेको आरोप लगाए । वर्तमान मेयर समेत रहेका सरावगीले आफनो स्वार्थका लागि आफनै पार्टीका नेतालाई असहयोग गर्ने नेताबाट वीरगंजको बिकाश हुनै नसक्ने ठोकुवा गरे । कार्यक्रममा संबिधान सभाका सदस्य बिचारी यादव,ईस्लाम हवारी, प्रदेश कमिटी सदस्य बसरुदिन अंसारी,शम्भु गुप्ता ,नेता जालिम मियाँ लगायतकाले धारणा राखेको थिए । यसैगरी कार्यक्रममा वीरगंज १८ बाट काँग्रेस परित्याग गरि सुरेन्द्र साहको नेतृत्वमा गायत्री देवी महतो, दिलिप महतो, मन्द्रिका साह लगायत १५ जना एमाले प्रवेश गरेका छन । त्यस्तै वीरगंज १६ नगवाका माओवादी नेता भोला पटेल पनि एमाले प्रवेश गरेका छन। कार्यक्रममा स्वागत मन्तव्य उपसचिव प्रधुम्न सेढाईले गरेका थिए भने सहजिकरण युवा नेता शिवजी गुप्ताले गरेका थिए । कार्यक्रममा वीरगंज महानगरका ३२ वटै वाडका अगुवा नेता कार्यकर्ताहरुको सहभागिता थियो ।