बिरगंज । स्थानिय तहको निर्वाचन नजिंकिदै गर्दा पार्टी प्रवेश गर्नेहरुको संख्यामा बढोतरी भएको छ । आज पर्सा जिल्लाको दोश्रो शहरको रूपमा परिचित पोखरिया नगरपालिका ६ का पुर्व डि.एस.पी अरबिन्द दुवेदी सहित तिस जना भन्दा बढीले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन ।आज बिरगंजको राधेमाईमा एक कार्यक्रमका बीच प्रेमनाथ दुवेदी, शशीभुषण दुवेदी,सनि दुवेदि,अखिलेश दुवेदी, विकास दास लगायत ३० जना भन्दा बढीले पार्टी प्रवेश गरेका छन ।नवप्रवेशीहरुलाइ पोखरीया नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार प्रधुम्न चौहानले टिका माला लगाएर स्वागत गरेका थिए। सो अवसरमा पार्टीका जिल्ला सह सचिव संजिव मिश्रा, राकेश महतो ,मनु गिरि ,भागवान दास, वडा नम्बर ६ का वाडा प्रत्यासी मनोज चौहान लगायतको उपस्थिति रहेको थियो।