पकाहामैनपुर । नेकपा एमालेको तर्फबाट पकाहामैनपुर गाउँपालिकाको अध्यक्षमा राजेस सहनी र उपाध्यक्षमा कुमारी निर्मला चौरसियाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेको तर्फबाट पूर्व वडा अध्यक्ष अम्बिका सहनीको श्रीमती रम्भा देवी , वडा नं २ मा बृजबिहारी चौहान, वडा नं ३ मा नवल पटेल, वडा नं ४ मा धामु शर्मा र वडा नं ५ मा रामबाबु चौरसियाको उम्मेदवारी दर्ता भएको छ ।


संचारकर्मीसंग संक्षीप्त प्रतिक्रिया दिदै अध्यक्षका उम्मेदवार सहनीले विकसित र डिजिटल गाऊँपालिका बनाऊँनका लागी एमाले आवश्यक रहेको बताउदै जनतासंग मत माग्न जाने बताउनु भयो ।
बिकासका आधार निर्माण भएको बताउदै शिक्षा स्वास्थ्य र पूर्वाधार बिकास नै आफनो एजेण्डा रहेको बताउनु भयो । उहाँले राम्रो उम्मेदवारलाई आफनो मतदान गर्न पकाहामैनपुरबासीलाई आग्रह गर्नु भयो । उहाँले इमान्दार र योग्य ब्यक्तिलाई जिताउन आम मतदातालाई आग्रह गर्नु भयो ।
उपाध्यक्षकी उम्मेदवार चौरसियाले महिलाको सशक्तिकरणकालागि काम गर्ने बताउनु भयो । जनताको आवश्यकताका योजनाको प्रथामिकता निर्धारण गरेर गुणात्मक काम गर्ने कुरामा आफनो ध्यान जाने उहाँले बताउनु भयो ।
नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा सुरेश मेहता र उपाध्यक्षमा सरफुल नेशाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसको तर्फबाट वडा नं १ मा बिनोद मेहता , २ मा मुकुट चौहान , ३ मा संजय चौहान , ४ मा ढेडि यादव र ५ मा बलिराम चौरसिया लगायतको उम्मेदवारी परेको छ ।
जनता समाजवादी पार्टीको तर्फबाट अध्यक्षमा बिजय चौरसिय र उपाध्यक्षमा जैयबुंन नेशाको उम्मेदवारी परेको छ । जनता समाजवादी पार्टीको तर्फबाट वडा नं १ मा सुरेश मेहता , २ मा उपेन्द्र सहनी , ३ मा मदन साह कानु , ४ मा मदन स्वर्णकार र ५ मा शिवपूजन चौरसियाको उम्मेदवारी परेको छ ।
नेपाल शुशासन पार्टीको तर्फबाट प्रभु पटेल अध्यक्ष र उपाध्यक्षमा अदया देवी मेहताको उम्मेदवारी परेको छ । नेपाल शुशासन पार्टीको तर्फबाट वडा न १ मा बलिराम दास ,२ मा बीरेन्द्र पटेल , ३ मा अंतिमा देवी , ४ मा साधु यादव र ५ मा लेखमन पटेल लगायतको उम्मेदवारी परेको छ।