छिपहरमाई । नेकपा एमाले छिपहरमाई गाऊँपालिका कमिटिद्वारा आयोजित पार्टी प्रबेश कार्यक्रममा जसपा पार्टी पर्साका क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष तथा जसपा पार्टीबाट उपाध्यक्ष पदका पूर्व उम्मेदवार लालबाबु साह , जसपा जिल्ला कमिटी सदस्य संजय साह गाऊँपालिका कमिटीका उपाध्यक्षसहित मतदाताका रुपमा रहेका ५० जना नेकपा एमालेमा प्रबेश गरेका छन । पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले पार्टी पर्साका जिल्ला सचिव , गाऊँपालिका अध्यक्ष पदका उम्मेदवार मनोज गुप्ताले पद लिप्साकै कारण पार्टीका केही नेताहरु बिपक्षी दलसंग मिलेर आफ्नै पार्टीको सरकारलाई सत्ताच्युत गरेको आरोप लगाए । नेकपा एमालेलाई स्थायी सरकार निर्माण गरि समृद्ध देश बनाउने अभिमत पाएको भएपनि दलभित्रका नेताहरु मन्त्री पदका लागि पार्टीलाई र मतदाताको बिश्वासलाई धोखा दिएको आरोप लगाउदै अब नेकपा एमाले जनताबिच झन बलियो र बिश्वसनिय दल बनेर आगामी चुनाबमा उदाउने बताए । पार्टीमा सुदृढिकरणको आवस्यक रहेको बताउदै पार्टी भित्र देखिएको असाधरण परिस्थितिले पार्टीलाई कमजोर नभई झन बलियो दलको रुपमा स्थापित गराउने बताए ।


पार्टीलाई गाउँ गाउँ र टोल टोलमा पुर्याएर पार्टीको तल्लो निकायमा समेत संगठित रुपमा बलियो बनाउदै जानू पर्नेमा जोड दिए ।